
काठमाडौं ।
भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार नेक्सन इभी अपडेट गरेको छ।
कम्पनीले नेक्सन ईइभीलाई पहिलेको भन्दा शक्तिशाली ब्याट्री र अधिक रेञ्जका साथ प्रस्तुत गरेको छ।
भारतीय बजारमा नेक्सन ईभी म्याक्सको माग उच्च रहेको जागरणमा उल्लेख छ। भारतमा उपभोक्ताका माझ इलेक्ट्रिक एसयूभीको लोकप्रिय छ। उच्च मागको कारण सवारीसाधनको वेटिङ पिरियड पनि धेरै छ।
टाटा नेक्सन म्याक्स इभीको मूल्य
भर्खरै भारतीय बजारमा सार्वजनिक भएको टाटा नेक्सन ईभी म्याक्स २ भेरियन्टमा उपलब्ध छ। जसमा टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लस र टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्स रहेको छ।
टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लसको मूल्य १७ लाख ७४ हजार भारु तोकिएको छ भने टाटा नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्सको मूल्य १९ लाख २४ हजार भारु तोकिएको छ। दुवै ईभीको मूल्य एक्स शोरुम हो।
वेटिङ पिरियड
टाटा ईभी म्याक्स अगामी जूनबाट डेलिभरी शुरु हुनेछ। मिडिया रिपोर्टहरुका अनुसार वेटिङ पिरियड ४ महिनासम्मको हुनेछ।
जागरणका अनुसार भारतको व्यापारिक शहर मुम्बईमा करिब २०० जनाले नयाँ नेक्सन ईभी म्याक्स बुक गरिसकेका छन्। यस बाहेक भारतका अन्य शहरमा नेक्सन ईभीको वेटिङ पिरियड ५ महिना बढी हुनेछ।
शक्तिशाली ब्याट्री रेञ्ज
नयाँ टाटा नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाटआवर लिथियम आयन ब्याट्री छ। नेक्सन ईभीको मोटरले १४३ बीएचपीसम्मको पावर जेनरेट गर्न सक्षम छ।
गाडीले सिंगल चार्जमा ४३७ किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीको दावी छ।
यो रेञ्ज रेगुलर मोडलभन्दा १२५ किलोमिटर धेरै हो। टाटा नेक्सन ईभी म्याक्सले ९ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार