नासाको आर्टिमिस १ चन्द्र मिसन प्रक्षेपणको २०२३ सम्मको सम्भावित तालिका सार्वजनिक

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
नासाको आर्टिमिस १ चन्द्र मिसन प्रक्षेपणको २०२३ सम्मको सम्भावित तालिका सार्वजनिक

काठमाडौं ।

नासाको आर्टिमिस १ चन्द्र मिसन आगामी सन् २०२३ को जुनमा हुन सक्ने तालिका बनेको छ।

नासाले आर्टिमिस १ को रकेट तथा यान २०२२ मा प्रक्षेपण हुनसक्ने तालिका तय गरेको हो। आर्टिमिस १ चन्द्र रकेट पहिलो पटक आगामी जुलाई २६ का दिन प्रक्षेपण हुनेछ। त।

नासाले भने जुलाई २६ तथा डिसेम्बर २२ का बिचमा दर्जनौं पटक प्रक्षेपणको प्रयास गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

यी मितिहरुले गत अप्रिल २६ मा भएको उक्त यानको वेट ड्रेस रिहर्सल अर्थात् परीक्षण सफल भएको र त्यसमा इन्धन सञ्चालन लगायत प्रक्षेपण स्थालबाट केनेडी स्पेस सेन्टरमा रहेको भेहिकल एसेम्ब्ली बिल्डिङ भीएबीसम्म ल्याउने कार्य सफल रुपमा सम्पन्न भएको प्रस्ट्याउँछन्।

इन्जीनियरहरुले यसको भित्री भागमा भएको हाइड्रोजन लीकको समाधान गरिरहेको नासाले यसअघि आफ्नो ब्लगमा उल्लेख गरेको थियो।

नासाको आर्टिमिस १ चन्द्रयान प्रक्षेपणको २०२२ को तालिका यस्तो छ?

जुलाई २६ – अगस्ट १० अगस्ट १, २, ६ बाहेक
अगस्ट २३ – सेप्टेम्बर ६ अगस्ट ३०, ३१ तथा सेप्टेम्बर १ बाहेक
सेप्टेम्बर २० – अक्टोबर ४ सेप्टेम्बर २९ बाहेक
अक्टोबर १७ – अक्टोबर ३१ अक्टोबर २४, २५, २६ र २८ बाहेक
नोभेम्बर १२ – नोभेम्बर २७ नोभेम्बर २०, २१, २६ बाहेक
डिसेम्बर ९ – डिसेम्बर २३ डिसेम्बर १०, १४, १८, 23 बाहेक

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार