अमेरिकामा बाइडेन प्रशासनको पाँच अर्ब डलरको ‘इलेक्ट्रिक क्लिन स्कुल बस’ कार्यक्रम शुरु

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
अमेरिकामा बाइडेन प्रशासनको पाँच अर्ब डलरको ‘इलेक्ट्रिक क्लिन स्कुल बस’ कार्यक्रम शुरु

काठमाडौं ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र वातावरण संरक्षण एजेन्सी (ईपीए) प्रशासक माइकल रेगनले भर्जिनियाको फल्स चर्चमा रहेको उच्च विद्यालयबाट राष्ट्रपति जो बाइडेनको द्विपक्षीय पूर्वाधार कानूनको एक भागको रुपमा रहेको क्लिन स्कूल बस कार्यक्रम शुरु गरेको छ।

सन् २०२१ को द्विपक्षीय पूर्वाधार कानूनले ईपीएलाई डिजल स्कूल बसहरुलाई प्रतिस्थापन गर्ने प्रस्तावलाई अनुमति प्रदान गर्छ। जसलाई ईपीए स्वच्छ र शून्य–उत्सर्जन (जीई) मोडल भनिन्छ ।

स्वच्छ स्कूल बस कार्यक्रम कोषको पहिलो चरणको रकम लोट्री रिबेट्सको रुपमा प्रदान गरिनेछ। यस परियोजनाले कम आय भएका ग्राणी, जनजाति र आवश्यकता भएका विद्यालयहरुलाई प्राथमिकता दिनेछ।

यस्ता विद्यालयहरुले विद्यालयहरुलाई छुट प्राप्त गर्न आवेदन दिन सक्छन्। जुन विद्यालयले भुक्तानी गर्नु अघि निर्माता वा डिलरलाई पठाइनेछ।

आवेदकहरुले २५ नयाँ इलेक्ट्रिक स्कूल बसहरुको लागि रकम अनुरोध गर्न सक्छन्।

ईपीएले यस वर्ष ५०० मिलियन अमेरिकी डलर प्रदान गर्ने छ। यस वर्षको छुट कार्यक्रमका लागि सन् २०२२ अगस्टसम्म आवेदन दिनुपर्नेछ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार