पब्जीको लतका कारण भारतमा एक युवाले लिए आफ्नै ज्यान

  • Technology Khabar | ८ जेष्ठ २०७९, आईतवार
पब्जीको लतका कारण भारतमा एक युवाले लिए आफ्नै ज्यान

काठमाडौं ।

पछिल्लो समय अनलाइन गेम प्रति यूवाको आकर्षण बढ्दो छ। अनलाइन गेमको प्रयोग बढेसँगै यस सम्बन्धी अप्रिय घटनाहरु पनि विभिन्न समयमा आउने गरेको छ। धेरै समय गेम खेलेका कारण आमाबुवाले गाली गरेको कारण छिमेकी देशमा एक किशोरले आफ्नो ज्यान लिएको घटना सार्वजनिक भएको छ।

भारतको गुजरातस्थित राजकोटमा पब्जीको लतका कारण १७ वर्षका किशोरले आफैं झुण्डिएर आत्महत्या गरेका छन्।

पब्जीको लतका कारण १७ वर्षिय किशोरको आत्महत्यासँगै अनलाइन गेमिङको नकारात्मक पक्ष पुन बाहिरिएको छ। भारतीय मिडिया रिर्पोटहरुका अनुसार गुजरातस्थित राजकोट शहरमा बस्ने १७ वर्षका आनन्द अग्रवाललाई पब्जी खेल्ने खराब लत लागेको थियो । र, उनी दिनभर मोबाइलमा पब्जी खेलेर समय बिताउँथे।

गत मे १५ मा ती किशोरले घरमा आमाको सलमा झुण्डिएर आफ्नो ज्यान लिएका हुन्।

रिर्पोटअनुसार मे १५ मा ती किशोर बाथरुममा पसेका थिए तरधेरै समय बित्दा पनि छोरा बाथरुमबाट बाहिर ननिस्केपछि आमाले बोलाउँदा पनि ती किशोरको कुनै प्रतिक्रिया आएन।

त्यसपछि आनन्दको आमाले उनको मोबाइलमा फोन गरिन् तर कल पनि रिसिभ भएन। फोन नउठ्दा आनन्दको आमाको मनमा चिसो पस्यो। छोरा बाहिर ननिसकेपछि डराएकी उनीले परिवारको सदस्यलाई खबर गरिन् र छोरालाई बाहिरबाटै आवाज पनि दिइरहिन्। भित्रबाट कुनै जवाफ नआएपछि बाथरुमको ढोका फोरियो। ढोका फोरेर परिवारका सदस्य भित्र पसे।

आनन्दको शरिर बाथरुमको ग्रिलमा झुण्डिएको थियो र उनको घाँटीमा आमाको सल थियो। आनन्दले आत्महत्या गरिसकेका थिए र उनको शरिर झुण्डिएको थियो। घटनाको तत्काल सूचना प्रहरीलाई दिइएको थियो। आनन्दलाई पब्जीको लत बसेको थियो।

मोबाइलमा धेरै समय व्यतित गरेको भनेर आमाबुवाले गाली गर्दा उनले आफ्नो ज्यान लिएको समाचार रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...