विश्वकै सबैभन्दा महंगो कार: १४ करोड डलरभन्दा बढीमा बिक्यो मर्सिडिज बेञ्ज

Technology Khabar ७ जेष्ठ २०७९, शनिबार

काठमाडौं ।

मर्सिडिज कम्पनीले आफ्नो सबैभन्दा महंगो मर्सिडिज बेञ्ज कार १४ करोड २० लाख डलरमा बिक्री गरेको छ।

जर्मन कार कम्पनी मर्सिडिज बेञ्जले हालै एउटा कार उक्त रकममा लिलाम गरेको हो।

हालै मर्सिडीज बेञ्ज ३०० एसएलआर विश्वकै सबैभन्दा महंगोमा लिलाम हुने कार बनेको छ। सन् १९५५  मोडलको उक्त स्पोर्ट्स कार एउटा प्राइभेट अक्शनमा बिक्री भएको भास्कर डटकमले उल्लेख गरेको छ।

कम्पनीले मर्सिडिज बेञ्ज ३०० एसएलआरका दुई ओटा मोडल बनाएको थियो। १९९५ देखि यता मर्सिडिज-बेञ्जले नै यसको हेरचाह गरिरहेको बताइएको छ।

मर्सिडिज बेञ्ज ३०० एसएलआर लूक्स तथा परफर्मेन्सका कारण विश्वकै सबैभन्दा चर्तित तथा महंगो क्लासिक कारका रुपमा परिचित रहँदै आएको छ।

रिपोर्ट्सका अनुसार यो कार एक अमेरिकी व्यापारी डेभिड म्याकनिलले किनेका भास्कर डटकमले जनाएको छ। यो एउटा रेसिङ कार हो जसको लूक्स निकै शानदार रहेको छ। यसमा लिटरको इञ्जिन रहेको छ भने यसको टप स्पीड १८० किमी रहेको बताइएको छ।

कम्पनीले उक्त लिलामी गुपचुप राखेको र यसका लागि अटोमोबाइल क्षेत्रका १० जनालाई मात्र आमन्त्रण गरेको थियो। लिलाम कार्यक्रम जर्मनीको स्टटगार्टमा रहेको मर्सिडीज-बेञ्ज म्यूजियममा भएको थियो। यो लिलामीले फरारी २५० जीटीओको रेकर्ड तोडेको छ। उक्त गाडीको लिलामी ५४ करोड २० लाख डलरमा भएको थियो।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया