चुपचाप आफ्नै ब्लकचेन प्लेटफर्म निर्माण गर्दै चीन

  • Technology Khabar | ३ जेष्ठ २०७९, मंगलवार
चुपचाप आफ्नै ब्लकचेन प्लेटफर्म निर्माण गर्दै चीन

काठमाडौं ।

चिनियाँ राष्ट्रपति शि जिनपिङले देशले ब्लकचेन प्रविधिले पस्तुत गरेको अवसर छोप्नुपर्ने बताएका छन्।

२०१९ को एउटा भाषणमा उनले ब्लकचेन ‘कोर प्रविधिको स्वतन्त्र इनोभेसनमा एउटा महत्वपूर्ण कोशेढुंगो’ भएको बताएका थिए।

उक्त भाषणको परिणामस्वरुप ब्लकचेन सेमीकन्डक्टरलगायत अन्य प्रविधिसहित चीनको राष्ट्रिय प्राथमिकतामा परेको थियो। यी क्षेत्रमा चीनले आफ्नो क्षमता बढाउन प्रयास गर्दै आइरहेको छ।

त्यस बेलादेखि धेरै प्रचार प्रसार बिना चीन कम्पनीहरुका लागि ब्लकचेन प्रविधि परिचालनका लागि सहजीकरण गर्ने प्लेटफर्म निर्माणमा जुटिरहेको सीएनबीसीले उल्लेख गरेको छ। यसलाई ब्लकचेन बेस्ड सर्भिस नेटवर्क बीएसएन भन्ने नाम दिइएको छ।

बीएसएनको उत्पादन क्लाउड कम्प्युटिङ पूर्वाधार सञ्चालन गर्दै आएका कम्पनीहरुका लागि लक्षित रहेको समाचारमा उल्लेख छ।

बीएसएनले आफूलाई क्लाउडमा यी ब्लकचेन एप्लिकेशन परिचालन गर्ने एउटै पसलको रुपमा चिनाउँदै आफूमार्फत् नभएको भए यो प्रक्रिया निकै महंगो र समय लाग्ने हुने दावी गरेको छ।

चीनले देशमा फरक फरक ब्लकचेनले एकै ठाउँमा काम गर्ने इन्टरअपरेबिलिटीको समस्या समाधानका लागि पनि काम गर्ने भएकाले यसको लोकप्रियता र बजार बढ्ने सम्भावना देखिएको सीएनबीसीले लेखेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार