
काठमाडौं ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापकले भुक्तानी नेटवर्कका रुपमा बिटक्वाइनको भविष्य नरहेको बताएका छन्।
फाइनान्सियल टाइम्सका अनुसार उनले बिटक्वाइनको अक्षमता तथा उच्च वातावरणीय मूल्यका लागि पनि आलोचना गरे।
यो सिस्टमको विकल्पलाई ‘प्रूफ अफ स्टेक’ नेटवर्क भनिने र यहाँ सहभागीहरुले टोकन किनेर नेटवर्कमा जोडिन सक्छन्। जति धेरै टोकन भयो त्यति धेरै माइनिङ गर्न सकिने रोयटर्सले जनाएको छ।
एफटीएक्सका सीईओ साम ब्यांकम्यान फ्राइडले क्रिप्टोलाई भुक्तानी नेटवर्कका रुपमा विकास गर्न प्रूफ अफ स्टेक नेटवर्क आवश्यक पर्ने र उक्त प्रविधि सस्तो तथा कम उर्जा खपत गर्ने खालका हुने बताएका छन्।
दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल कम्पनी ब्लकचेन इथेरियम पनि बिस्तारै यो कम उर्जा खपत गर्ने नेटवर्कमा आबद्ध हुने योजना बनाइरहेको पनि रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २ जेष्ठ २०७९, सोमबार