क्युआर कोड सञ्चालन

  • Technology Khabar | १ जेष्ठ २०७९, आईतवार
क्युआर कोड सञ्चालन

काठमाडौं ।

दोलखाको सदरमुकाममा रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्युआर कोड (डिजिटल कारोबारका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत फोनपेको माध्यमबाट कारोबार गर्न प्रयोग गरिने) सञ्चालनमा ल्याएको छ।

संस्थामा आबद्ध सेयर सदस्यलाई प्रविधियुक्त सेवा दिने क्रममा संस्थाले डिजिटल वित्तीय सेवा प्रयोग गर्न चाहने सेयर सदस्यलाई क्युआर कोड स्ट्यान्ड वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए। उनका अनुसार रेमिट्यान्स, मिसकल बैङ्किङ, क्युआर स्क्यान एन्ड पेसहित भएको मोबाइल बैङ्किङ सेवा विगत वर्षदेखि प्रदान गर्दैआएको मा संस्थाले यो प्रविधि वितरण गरेको हो।

संस्थाले प्रयोग गरिरहेको सफ्टवेयर कम्पनी इन्फो डेभलपर्स प्रालि हिमालयन बैङ्क र स्मार्ट च्वाइस टेक्नोलोजीसँग समन्वय र सम्झौता गरी एटीएम सेवासमेत सञ्चालनमा ल्याइसकेको छ। गोरखापत्रबाट

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...