मकवानपुरको मतगणना हुने स्थलमा सीसी क्यामरा

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार
मकवानपुरको मतगणना हुने स्थलमा सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

मकवानपुरको १० ओटै स्थानीय तहमा मतगणना हुने स्थलमा तार जालीसहित सीसी क्यामराको व्यवस्था गरिएको छ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानपछि मतपेटिका आएसँगै मतगणना सुरु गर्न सीसी क्यामरासहित मतगणना स्थलको तयारी गरिएको जानकारी दिए।

मतगणना स्थलको सुरक्षासँगै मतपत्रको सुरक्षा तथा मतगणनालाई निष्पक्ष र विश्वासिलो बनाउन तार जालीको व्यवस्था गरिएको हो।

मकवानपुरमा शुक्रबार भएको निर्वाचनपछि मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मतगणनास्थको व्यवस्थापन, कर्मचारी र सुरक्षाकर्मी परिचालनलगायतका सबै तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार