विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय हेरफेर

  • Technology Khabar | ३१ बैशाख २०७९, शनिबार
विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय हेरफेर

काठमाडौं ।

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार र समय सीमा परिवर्तन गरिएको छ।

विद्युतीय कारोबार थप प्रोत्साहन तथा प्रबर्द्धन गर्न क्लियरिङ हाउसले समय सीमा परिवर्तन गरेको बताएको छ।

साथै शनिबार र आइतबार हुने सार्वजनिक बिदालाईसमेत मध्यनजर गरी उक्त प्रणाली शुक्रबार पनि पूर्णरुपमा सञ्चालनमा रहने उल्लेख गरिएको छ। यो सीमा आगामी जेठ तीन गतेदेखि लागू हुनेछ।

दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ ओटा एक्स्प्रेस क्लियरिङ सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ। त्यस्तै २० देखि ३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ सत्र पनि थप गरी दिउसो ३ः०० बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ।

त्यसैगरी एनएचसिएल आइपिएस प्रणालीमा साँझको ५स्०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा राफसाफ हुने व्यवस्था गरिएको छ।

बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २/२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु समेत थप गरिएको जनाएको छ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार