
काठमाडौं ।
आज शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित भएको छ।
निर्वाचन आयोगको अत्यावश्यक सवारी बाहनबाहेक अन्य सञ्चालन हुन नपाउने निर्देशनको पालना गर्दै मतदानको दिन पठाओ सेवा स्थगित गर्ने निर्णय गरेको कम्पनीले बताएको हो।
चुनावको पूर्वसंध्यामा सार्वजनिक यातायातका सेवाहरू सडकमा कम देखिए पनि पठाओले पूर्णरूपमा सेवा प्रदान गरिरहेकोमा शुक्रबार पुरै सेवा बन्द भएको छ।
निर्वाचन आयोगले अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ। यस बाहेकका साधनहरु चल्न नपाएपछि पठाओको सेवा पनि बन्द भएको हो।
प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार