मतगणना स्थलमा सीसी क्यामरा

  • Technology Khabar | ३० बैशाख २०७९, शुक्रबार
मतगणना स्थलमा सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्लाका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गरिएको छ। मतगणना स्थलमा हुने क्रियाकलापको अनुगमन गर्न ती क्यामरा जडान गरिएका हुन्।

मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सातवटै गाउँपालिकाको सहयोगमा मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गरिएको बताए। उनले सीसीटीभी क्यामराको जडानले मतगणना कार्यमा हुने गतिविधि अनुमगन गर्न सहज हुने जानकारी दिए।

सीसीटीभी क्यामरा मतगणना स्थलमा ६ ओटा र मुख्य प्रवेशद्वारमा समेत जडान गरिएकाले सबै गतिविधिको निगरानी राख्न सहज हुने भएको छ। त्यसैगरी सातवटै गाउँपालिकाका मतगणना स्थलमा घेरबार गर्ने र बत्तीको व्यवस्था पनि गरिएको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार