कैलालीका सबै मतगणना स्थलमा सीसी क्यामरा

  • Technology Khabar | ३० बैशाख २०७९, शुक्रबार
कैलालीका सबै मतगणना स्थलमा सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

कैलालीका सबै मतदान स्थलका मतगणना स्थलमा तार जाली र सीसी क्यामरा जडान गरिएको छ। मतगणना स्थलको तयारी, सुरक्षा व्यवस्थाका साथै मतगणना कार्यलाई थप विश्वसनीय बनाउन मतगणना स्थलमा सीसी क्यामरा जडान लगायतका सबै तयारी सम्पन्न भएको निर्वाचन आयो गको कार्यालय धनगढीले जनाएको छ।

धनगढी उपमहानगर पालिकाको मतगणना धनगढी उपमहानगर पालिकाको नयाँ भवनस्थित सभा हलमा गरिने निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।

मतगणना गरिने हलमा तारबार नलगाइएको तर पर्खाल जस्तै केही अग्लो बनाएर मतगणना गरिने निर्वाचन आयोगकै लालीका प्रमुख प्रेमराज भट्टले बताए । उनले तीनवटा सभा हलमा मतगणना हुने जानकारी दिए ।

“मतगणना गर्ने सभा हलमा सीसी क्यामरा लगाइसकिएको छ । निर्वाचनको मतगणना सीसी क्यामराको निगरानीमा हुने छ,” उनले भने।

निर्वाचन सम्पन्न भएपछि सबै पालिकाको मतदान केन्द्रबाट मतदान अधिकृतसहित सुरक्षाकर्मीले मत पेटिका ल्याउने उनले जनकारी दिए। “सबै मतपेटिका ल्याउने जिम्मेवारी सुरक्षाकर्मीलाई दिइएको छ,” उनले भने, “मतपेटिकासँगै मतदान अधिकृतलाई पनि सुरक्षाकर्मीले ल्याउनुहुन्छ।”

यसै गरी कैलारी गाउँपालिकाको मतगणना हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा हुनेछ । मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको र तारबार सहित फिनिसिङ गर्ने कार्य पनि भइरहेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । यसैगरी अन्य पालिकामा पनि सीसी क्यामरा जडानसहित मतगणनाको तयारी गरिएको छ । गोरखापत्रबाट

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...