मतदान केन्द्रमा प्रवेश गर्दा मोबाइल तथा क्यामरा लैजान रोक

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
मतदान केन्द्रमा प्रवेश गर्दा मोबाइल तथा क्यामरा लैजान रोक

काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामरा तथा फोटो खिच्ने सामग्री लान रोक लगाएको छ।

आयोगले मोबाइल क्यामरा तथा फोटो खिच्ने सामग्रीसहित सलाइ, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार