रेस्ट अफ वर्ल्डको १०० टेक चेञ्जमेकरको सूचीमा एफवान सफ्टका विश्वास ढकाल

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
रेस्ट अफ वर्ल्डको १०० टेक चेञ्जमेकरको सूचीमा एफवान सफ्टका विश्वास ढकाल

काठमाडौं ।

रेस्ट अफ वर्ल्डको १०० जना टेक चेञ्जमेकरको सूचीमा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल पनि परेका छन्।

अन्तरराष्ट्रिय गैर नाफामूलक पत्रकारिता संस्था रेस्ट अफ वर्ल्डले विश्वभरबाट छानेका प्रविधिको क्षेत्रमा परिवर्तनकारी भूमिका खेल्ने व्यक्तिहरुको सूचीमा  नेपालबाट ढकाललाई चयन गरेको हो।

ढकालको नेतृत्वमा सन् २००४ मा स्थापित एफवान सफ्टले विशेषगरी बैंकिङ सफ्टवेयरको सेवा दिँदै आएको छ भने हालसम्म उक्त कम्पनीले बनाएक १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने गरेका पाइएको छ।

कम्पनीको फोन पे तथा ई-सेवा लगायतका अनलाइन भुक्तानी सेवा पनि नेपालमा निकै रुचाइएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार