मंगल ग्रहको सतहमा निकै लामो समयसम्म पानी रहेको पाइएको चीनको भनाइ

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
मंगल ग्रहको सतहमा निकै लामो समयसम्म पानी रहेको पाइएको चीनको भनाइ

काठमाडौं ।

मंगल ग्रहको निकै कडा घाटीमा रहेको चीनको रोबोटिक रोभरले भेट्टाएको खनिज पदार्थले उक्त ग्रहको सतहमा लामो समयसम्म पानी रहेको संकेत गरेको छ।

झुरोङ रोभरले पठाएको डाटाको विश्लेषण गर्दा नमूनाका रुपमा संकलित ७० करोड वर्षअघिका खनिजमा पानीका अवशेष पाइएको रोयटर्सले उल्लेख गरेको छ।

यसबारेमा बुधबार साइन्स एडभान्सेज नामक जर्नलमा वैज्ञानिकहरुद्वारा प्रकाशित लेखबाट जानकारी लिइएको हो।

मंगल ग्रह ३ अर्ब वर्ष अघि हेस्पेरियन अर्थात् उसको दोस्रो भौगर्भिक युगको अन्त्यमा आइपुग्दा सम्म चिसो रहेको बताइएको छ। हालको अमेजनियन समयमा यसको सतहमा पानी उपलब्ध छैन।

खनिज रहेको माटोको नमूनामा कडा क्रस्ट रहेका र तिनीहरु सतहको पानी बढेर वा हिउँ पग्लिएपछि वाष्पीकरण भएर बनेका हुन सक्ने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

चिनियाँ रोभरले मंगल ग्रहमा रहेको यूटोपिया प्लानिशियामा गत वर्ष अवतरण गरेदेखि नै अनुसन्धान गरिरहेको छ। झुरोङले यसका लागि आफू अवतरण गरेको ठाउँबाट २ किलोमिटरसम्म गएर तथ्याङ्क संकलन गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।

हालका वर्षहरुमा यूरोपियन अन्तरिक्ष एजेन्सीले पठाएको उपकरणको तथ्याङ्कमा मंगल ग्रहको दक्षिणी ध्रुवमा रहेको हिउँमुनी पानीको अवशेष भएको पाइएको छ।

मंगल ग्रहमा रहेको सबै पानी यसको ध्रुवीय हिउँमुनी रहेको र ग्रहको पातलो वायुमण्डलमा भने थोरै संकेत मात्रै पाइएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार