जब इलन मस्कले आफ्नो रहस्यमय मृत्यु हुने आशंकासहित ट्वीट गरे…

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
जब इलन मस्कले आफ्नो रहस्यमय मृत्यु हुने आशंकासहित ट्वीट गरे…

काठमाडौं ।

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका सीईओ इलन मस्कले हरेक दिन ट्विटरमा चर्चा बटुलिरहेका छन् । इलन मस्कले ट्विटर अधिग्रहणको कुरा बाहिर आएपछि पछिल्ला केही दिनदेखि ट्विटर र इलन मस्क दुवै चर्चाको विषय बनेका छन् । मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने कुरा गरेका छन्, त्यसैले यो सम्झौता छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ।

तर सोमबार मस्कले आफ्नो रहस्यमय मृत्युको शंकालाई लिएर नयाँ ट्वीट गरे। जसले विश्वभर तरंग ल्याएको छ।

मस्कले ट्वीटमा भनेका छन्, ‘यदि म रहस्यमय परिस्थितिमा मर्छु भने, यो थाहा पाउँदा राम्रो हुन्छ’, मस्कको यो ट्वीटको अर्थ स्पष्टरूपमा नबुझिए पनि यसलाई रुसी सेनासँग जोडिएको बताइएको छ।

मस्कको सो ट्वीटलाई १ लाख २८ हजारभन्दा बढीले रिट्वीट गरेका छन्, १२ लाख भन्दा बढीले लाइक गरेका छन् र करिब ३२ हजारले यस ट्वीटमा कमेन्ट गरेका छन् ।

केहि समय पहिले मात्र उनले एक पोस्ट साझा गरेका थिए जुन एक बयानको स्क्रिनसट जस्तो देखिन्छ र कथित रूपमा यो रुसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मसका महानिर्देशक दिमित्री ओलेगोविच रोगोजिनले रूसी मिडियालाई दिएका थिए।

जसमा रुसका रोगोजिनले युक्रेनी सेनालाई सञ्चार उपकरण उपलब्ध गराएकोमा इलन मस्कलाई धम्की दिएका थिए। रोस्कोस्मस प्रमुखले कथितरूपमा युक्रेनको मारिउपोलमा रहेको मस्कको स्याटेलाइट कन्स्टलेसनले युक्रेनी सेनालाई इन्टरनेट पहुँच प्रदान गरिरहेको रूसी मिडियालाई बताएका थिए।

यी दुवै ट्वीटले मस्कले युक्रेनलाई युद्धमा सहयोग गरेकोमा रुसी धम्की पाइरहेको अनुमानलाई बढावा दिइरहेका छन्।

यसअघि पनि मस्कले ट्विटरमार्फत नै रुसी राष्ट्रपतिलाई जुडोमा लड्न खुला चुनौती दिएका थिए। उनले युद्ध गर्न भन्द आफूसँग लड्न रुसी राष्ट्रपति पुटिनलाई भनेका थिए।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...