यूक्रेनमा इन्टरनेट उपलब्ध गराएकोमा रुसद्वारा इलन मस्कलाई धम्की

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कलाई रुसी अन्तरिक्ष एजेन्सीका प्रमुखले धम्की दिएका छन्।

उनले मस्कलाई यूक्रेनमा इन्टरनेट सेवा उपलब्ध गराएकोमा धम्की दिएका डेलीमेलले उल्लेख गरेको छ।

५० वर्षीय मस्क लो अर्थ अर्बिटमा २० हजार स्याटेलाइट राखेर विश्वभर स्टारलिंक मार्फत् इन्टरनेट प्रदान गर्ने अभियानमा लागेका छन्।

रुसले युद्ध शुरु गरेपछि धेरै जनता अनलाइनमा जोडिउन् भनेर यो सेवा हाल यूक्रेनमा उपलब्ध गराइएको छ। मस्कले गत अप्रिलमा आफूहरुले रुसीहरुबाट उक्त सेवा ह्याक वा काम नगर्ने बनाउन गरेका प्रयासहरु विफल पारेको र स्पेसएक्सले त्यसको जवाफी कारबाहीमा तयारी गरिरहेको पनि बताएका थिए।

मस्कले आइतबार राति रुसी अन्तरिक्ष एजेन्सी रोस्कस्मसका प्रमुख दिमित्री रोगोजिनबाट रुसी सञ्चारमाध्यमलाई दिइएको सूचना ट्विट गरेका थिए। रोगोजिन आफैंले पनि टेलिग्राममा उक्त जानकारी पोस्ट गरेका थिए।

रोगोजिनले आइतबार नै रुसले नेटोका सबै देशलाई आधा घण्टामै सखाप पार्न सक्ने दावी गर्दै मस्कलाई यूक्रेनी सेनालगायतलाई स्टारलिंक उपकरण दिएको आरोप पनि लगाएका थिए।

 

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार