स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले ल्यायो ‘निर्वाचन अफर’

  • Technology Khabar | २४ बैशाख २०७९, शनिबार
स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले ल्यायो ‘निर्वाचन अफर’

काठमाडौं ।

आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको छ।

रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो। यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुनेछ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ। ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ। ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ।

त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ।

आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...