
काठमाडौं ।
विशिष्ट अन्तरिक्ष टेलिस्कोप जेम्स वेब पूर्ण क्षमताको सञ्चालनतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ।
१० अर्ब डलरमा निर्मित र हबल टेलिस्कोपको उत्तराधिकारीका रुपमा रहेको यो यन्त्र अब पूर्णरुपमा फोकस र लयमा आएको बीबीसीले जनाएको छ।
अब यसका शिशाहरुबाट प्रकाश राम्रोसँग परावर्तन भएर यसमा रहेका ४ ओटै उपकरणहरुमा खिचिएका तस्बिरहरु प्रस्टरुपमा कैद हुने बताइएको छ।
अब यी सबै उपकरणहरु सही ढंगबाट क्यालिब्रेट भएका छन् वा छैनन् र तिनीहरुले तोकिएको तरिकाले डाटा उपलब्ध गराउन सक्छन् कि सक्दैनन् भन्ने हेर्नु बाँकी रहेको बीबीसीमा उल्लेख छ।
यी सबै कुराको जाँच पडताल गर्न अझै केही महिना लाग्न सक्ने बताइएको छ।
यति गरिसकेपछि जेम्स वेब टेलिस्कोप पछिल्ला तीन दशकदेखि हबल टेलिस्कोपले दिँदै आएका अन्तरिक्षका प्रस्ट तस्बिर तथा भिडियोहरु उपलब्ध गराउने अपेक्षा गरिएको छ।
‘अब हामी टेलिस्कोप अलाइन्मेन्ट चरणको अन्त्यमा पुगेका छौं, हामीले पूर्ण रुपमा फोकस गरिएका तस्बिरहरु सबै विज्ञान उपकरणहरुमा पठाइसकेका छौं’,यूरोपियन स्पेश एजेन्सीका वरिक्ष्ठ विज्ञान सल्लाहकार प्राध्यापक मार्क म्याककग्रिनले भने।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार