भुक्तानी सेवा बन्द गरेकोमा रुसी यूजरद्वारा एप्पलविरुद्ध मुद्दा

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
भुक्तानी सेवा बन्द गरेकोमा रुसी यूजरद्वारा एप्पलविरुद्ध मुद्दा

काठमाडौं ।

रुसी प्रयोगकर्ताहरुले भुक्तानी सेवा बन्द गरेकोमा एप्पलविरुद्ध मुद्दा दायर गरेका छन्।

हालै रुसको एउटा कानूनी संस्थाले अमेरिकी टेक जायन्ट एप्पलमाथि ९ करोड रुबल अर्थात् लगभग १२ लाख ८० हजार डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको उक्त संस्थालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

उक्त संस्थाले एप्पलले रुसमा सेवा बन्द गरेपछि त्यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाको बिगो जरिबाना तिराउने हिसाबले मुद्दा दायर गरेको बुझिएको छ।

यसबारेमा एप्पलले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ।

चेर्निशोभ, लुकोयानोभ एन्ड पार्टनर्स नाम गरेको उक्त कानूनी संस्थाले एप्पलले यूक्रेनमा रुसले सेना पठाएसँगै गत मार्च १ देखि बिल्ट इन एप्पल पे सेवा प्रयोगमा प्रतिबन्ध लगाएर रुसी उपभोक्ताको अधिकार हनन् गरेको आरोप लगाएको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • १६ बैशाख २०७९, शुक्रबार