
काठमाडौं ।
सामसङ ग्यालेक्सी एम५१ मा एन्ड्रोइड १२ रोलआउट हुन शुरु भएको छ।
लामो समयदेखि गुगलको पछिल्लो ओएस अपडेट कुरिरहेको मिड रेन्जको यो डिभाइसमा अब भने सामसङले दोस्रो मुख्य अपडेट उपलब्ध गराउन लागेको हो।
जीएसएमएरिनाका अनुसार सन् २०२० मा आएको यो स्मार्टफोनमा हाल रुसमा एम५१५एफएक्सएक्सयू४डीभीडी१ बिल्ड नम्बरसहितको अपडेट उपलब्ध हुने र अन्य क्षेत्रमा पनि बिस्तारै आउने बुझिएको छ।
यो नयाँ अपडेट नै एम५१ का लागि अन्तिम मुख्य फर्मवेयर अपडेट रहेको बुझिएको छ। यो डिभाइसमा एन्ड्रोएड १३ उपलब्ध हुने छैन तर आवश्यक मासिक सेक्युरिटी प्याचहरु भने गुगलले अर्को वर्ष पनि उपलब्ध गराउनेछ।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार