जेडटीई एक्शन ४० अल्ट्रामा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा रहने

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
जेडटीई एक्शन ४० अल्ट्रामा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको एक्शन ४० अल्ट्रा सिरिज आगामी मे ९ मा सार्वजनिक हुने भएको छ।

एक्शन ४०, एक्शन ४० प्रो तथा एक्शन ४० अल्ट्रा गरी यसको कम्तीमा पनि तीन भेरियन्ट उक्त दिन बाहिरिने अपेक्षा गरिएको छ।

हालै बाहिर आएको एक टिजर अनुसार यीमध्ये अल्ट्रा मोडलमा पछाडिपट्टि सबै ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

जेडटीईले यसको सबै लेन्सको नमूनाको फोटो शेयर गरेको थियो जसमा मुख्य, अल्ट्रावाइड तथा पेरिस्कोप जूमयुक्त सबै ६४ मेगापिक्सेल क्यामराले ८के भिडियो खिच्नसक्ने कम्पनीले दावी गरेको छ।

यो भेरियन्टमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने वेबोमार्फत् प्रस्ट भएको छ भने यसबाहेक अन्य विवरणको जानकारी बाहिरिएको छैन।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...