खराब आचरणविरुद्ध लड्न वेबोले यूजर लोकेशन देखाउने

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
खराब आचरणविरुद्ध लड्न वेबोले यूजर लोकेशन देखाउने

काठमाडौं ।

चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोले अबदेखि यूजरको लोकेशन देखाउने भएको छ।

चीनको ट्विटर भनेर चिनिने यो प्लेटफर्मले खराब आचरणविरुद्ध लड्न आफ्नो एकाउन्ट पेज र यूजरहरुले कमेन्ट गरेपछि आईपी एड्रेस देखिने बनाउन लागेको कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

यो निर्णय वेबोको आधिकारिक एकाउन्टमा पोस्ट गरिएको र २० करोडभन्दा बढी भ्यूसहित यसका बारेमा निकै चर्चा परिचर्चा भइरहेको बताइएको छ।

केही यूजरहरुले भने अनलाइनमा आफ्नो पहिचान खुल्ने भएकाले गोपनीयता भङ्ग हुनेमा चिन्ता व्यक्त गरेका समाचारमा उल्लेख छ।

‘प्रत्येक आईपी एड्रेसले कानमै साउती मारिरहेको हुन्छ, निकै होसियार हुनुपर्छ’, मिस्टी नाम गरेका यूजरले लेखेका छन्।

तर अन्य केही व्यक्तिहरुले भने कोभिड-१९ सम्बन्धी मिथ्या समाचारहरु फैलिरहेका बेला यो निर्णय आउनुलाई सकारात्मक मानेको बुझिएको छ।

‘विशेषगरी कोभिडको अवस्थामा परिस्थिति अझै गम्भीर छ, आईपी एड्रेस देखिने व्यवस्थाले चर्चा बटुल्ने र अफवाह फैलाउनेहरुका अवाञ्छित टिप्पणी कम गर्न मद्दत गर्छ’, अल्ट्रास्केयरी नामक यूजरले लेखेका रोयटर्सले उल्लेख गरेको छ।

विश्वभर ५७ करोड मासिक यूजर रहेका वेबोमा आईपी एड्रेस डिस्प्ले हु बिहीबारदेखि लागू भएको नयाँ सेटिङ यूजरले अफ गर्न नसक्ने व्यवस्था रहेको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार