टीएसएमसी र इन्टेललाई लगानीका लागि मनाउँदै भारत

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
टीएसएमसी र इन्टेललाई लगानीका लागि मनाउँदै भारत

काठमाडौं ।

भारतले टीएसएमसी तथा इन्टेललाई आफ्नो देशमा लगानी गर्न अझ मनाउने भएको छ।

फक्सकनलगायतका ठूला कम्पनीले आफ्ना फ्याक्ट्री स्थापना गर्ने वचन दिइसके पनि भारत सरकारले टीएसएमसी र इन्टेललाई पनि भारतीय भूमिमा फ्याब स्थापना गर्नका लागि मनाउन लागेको हो।

ब्लूमबर्गका राजीव चन्द्रशेखरका अनुसार भारतका प्रविधि तथा व्यवसाय राज्यमन्त्री इन्टेल, ग्लोबलफाउन्ड्रिज तथा टीएसएमसीसँग छलफल गरी आफ्ना योजना प्रस्तुत गरिरहेका डिजिटाइम्सले उल्लेख गरेको छ।

चन्द्रशेखरले भारतीय राज्य सरकारहरु सेमिकन्डक्टरमा लगानी तथा लगानीकर्तालाई आफूहरुले के कति सहुलियत दिन सकिन्छ भन्नेतर्फ होडबाजी गरिरहेको बुझिएको छ।

यसबाहेक फाइनान्सियल एक्सप्रेस तथा द हीन्दूमा आएका रिपोर्टअनुसार भारतका वित्त मन्त्री निर्मला सितारमणले अमेरिकी सेमिकन्डक्टर निर्माताहरुलाई भारतमा लगानी गर्न आग्रह गरेको डिजिटाइम्सले जनाएको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार