आगामी एप्पल वाचमा स्याटेलाइट कनेक्टिभिटी सुबिधा हुनसक्ने

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
आगामी एप्पल वाचमा स्याटेलाइट कनेक्टिभिटी सुबिधा हुनसक्ने

काठमाडौं ।

गत वर्ष, आईफोन १३ ले स्याटेलाइट कनेक्टिभिटी पाउने बारे अफवाहहरू फैलिएका थिए। यद्यपि यो आईफोनले अहिलेसम्म सुविधा पाएको छैन, र फेरी आगामी आईफोन १४ ले आपतकालिन समयमा वा सेलुलर सेवा दायरा बाहिर हुँदा आपतकालीन सम्पर्कहरूमा छोटो टेक्स्टहरू पठाउन सक्ने चर्चा चलेको छ।

त्यस बेलादेखि, एप्पल अझै सक्रियरूपमा सुविधा विकास गरिरहेको छ र यद्यपि सही लन्चिङ्ग मिति थाहा नभएको हामीले रिपोर्टहरू देखेका छौं।

अब, ब्लूमबर्गको मार्क गुर्म्यानको नयाँ रिपोर्टअनुसार, अर्को एप्पल वाचमा पनि यो अतिरिक्त प्रविधि हुन सक्नेछ।

आफ्नो पावर अन न्यूजलेटरमा, गुर्म्यान भन्छन् “एप्पल वाचले पनि त्यो कार्यक्षमता प्राप्त गर्ने अवस्थामा छ,” यद्यपि गुरम्यान विश्वास गर्छन् कि एप्पलको समयसीमा यो वर्ष वा २०२३ हुन सक्छ।

चाहे यो आईफोनमा होस् वा एप्पल वाचमा, प्रविधिले गार्मिन इन रिच एक्सप्लोरर र स्पट जस्तै समान सुविधाहरू भएका ह्यान्डहेल्ड स्याटेलाइट कम्युनिकेटरहरूको विकल्प प्रदान गर्नेछ।

एप्पल र यसको स्पष्ट स्याटेलाइट साझेदार ग्लोबलस्टार इंक यस्तो सुविधा लन्च गर्न नजिक हुनसक्ने संकेतहरू हालै देखा परेका छन्। गत फेब्रुअरीमा, ग्लोबलस्टारले यसलाई सयौं मिलियन डलर तिरेको एक सम्भावित र अज्ञात ग्राहकका लागि ‘निरन्तर स्याटेलाइट सेवाहरू’ प्रदान गर्नका लागि मद्दत गर्न १७ नयाँ स्याटेलाइटहरू किन्न सम्झौता गरेको बताएको थियो।

एप्पलले यस वर्ष तीन ओटा नयाँ एप्पल वाचहरू, जसमा नियमित मोडेल, एउटा नयाँ एसई, र एक्स्ट्रिम स्पोर्ट्सका लागि ब्रान्ड न्यून वाच ल्याउने चर्चा छ। यसमध्ये कम्तिमा नियमित मोडेल र एक्स्ट्रिम स्पोर्ट्स दुबैले यो सुविधा पाउने अनुमान गरिएको छ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १३ बैशाख २०७९, मंगलवार