गुगलद्वारा पिक्सेल वाचको ट्रेडमार्क दर्ता

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
गुगलद्वारा पिक्सेल वाचको ट्रेडमार्क दर्ता

काठमाडौं ।

गुगलले हालै पिक्सेल वाचको ट्रेडमार्क दर्ता गरेको छ।

कम्पनीले यूनाइटेड स्टेट्स पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा ‘पिक्सेल वाच’ को पेटेन्ट दर्ता गराएको ९टू५गुगलले जनाएको छ।

आवेदनमा गुगलले उक्त नाम राख्नुको पछाडि स्मार्टवाचको क्याटेगरी, स्मार्टफोनको प्रकृतिमा वेयरेबल कम्प्युटर निकाल्नु र स्मार्टवाचको केस, स्ट्र्याप तथा ब्याण्डलाई कभर गर्नको लागि भएको बताएको छ।

उक्त ट्रेडमार्क आवेदनमा डिभाइसका बारेमा योभन्दा धेरै जानकारी समावेश छैन। तर यसअघि आएका विभिन्न रुमरुहरुलाई आधार मान्ने हो भने यो कम्पनीले नै डेभलप गरेको पहिलो बेजलरहित गोलाकार स्मार्टवाच हो। यसमा फिटबिटमा झैं हार्टरेट सेन्सर रहने अपेक्षा गरिएको छ।

एप्पल वाचको प्रतिस्पर्धीका रुपमा आउने आकलन गरिएको यो डिभाइस वेयरओएस३ मा चल्ने बताइएको छ।

चर्चित लीकस्टर जोन प्रोस्सरका अनुसार कम्पनीले यो स्मार्टवाच आगामी मे २६ मा सार्वजनिक गर्ने योजना बनाएको छ। उक्त दिन कम्पनीको आई/ओ इभेन्ट पनि भएकाले उक्त जानकारी सही नै हुन सक्ने इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार