
काठमाडौं ।
भारतले स्कूटर, मोटरसाइकल र तीन पाङ्ग्रे रिक्साहरूमा प्रयोग हुने ब्याट्रीहरूलाई विभिन्न मोडेलहरूमा बदल्न मिल्ने बनाउन नयाँ नियमहरू योजना गरिरहेको छ। भारतको थिंक-ट्याङ्क नीति आयोगद्वारा जारी प्रस्तावित नयाँ नीतिको अंशमा सो विषय उल्लेख रहेको छ।
नीति आयोगले ब्याट्री प्याक डाइमेन्सन र चार्जिङ कनेक्टरका लागि अन्तरसञ्चालनशीलतालाई समर्थन गर्न मापदण्डहरू प्रस्ताव गर्ने मस्यौदा नीतिले विद्युतीय सवारी साधनहरू खरिद गर्ने, ईभी अप्रेशन ड्राइभिङको अग्रिम लागतबाट ब्याट्री लागतलाई हटाउने बताएको छ।
स्वापेबल अर्थात परिवर्तन गर्न मिल्ने ब्याट्रीहरू हाल भारतको द्रुत रूपमा बढिरहेको विद्युतीय स्कुटर खण्डमा कुनै पनि व्यावसायिक स्तरमा प्रयोग गरिँदैन।
मस्यौदा नीतिमा कुनै पनि लगानी योजनाको विवरण समावेश गरिएको छैन। यो जुन ५ सम्म सार्वजनिक टिप्पणीहरूको लागि खुला हुनेछ, त्यसपछि अन्तिम नीति तयार गरिने रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।
एकपटक फाइनल भएपछि, यो मार्च ३१,२०२५ सम्म लागू हुनेछ।
थिंक-ट्याङ्कले स्वाप गर्न मिल्ने ब्याट्रीहरू भएका ईभीहरू खरिदका लागि खरिदकर्ताहरूलाई प्रोत्साहन दिने प्रस्ताव पनि गरेको छ। जबकि यसले थप विवरणहरू दिएको छैन्। तर प्रोत्साहन कुल ब्याट्री भाडा लागतको २० प्रतिशत सम्म हुन सक्ने रोयटर्सले उल्लेख गरेको छ।
भारतले फेब्रुअरीमा यसले ईभीहरुको को बिक्री बढाउन ब्याट्री स्वापिङको लागि नयाँ नीति ल्याउन बताएको थियो, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको कार्बन न्यूनीकरण र जलवायु परिवर्तनको एजेन्डाको प्रमुख हो।
भारतमा ईभी ब्याट्री क्षेत्रका जापानको होन्डा मोटर, भारतीय स्टार्ट-अप सन मोबिलिटी, र मोटरसाइकल निर्माता हिरो मोटोकर्प समावेश छ जसले ताइवानको गोगोरोसँग साझेदारी गरेको छ।
प्रकाशित: ११ बैशाख २०७९, आईतवार