कतार एयरवेज अब क्यूभर्स लन्च गर्दै मेटाभर्समा प्रवेश

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
कतार एयरवेज अब क्यूभर्स लन्च गर्दै मेटाभर्समा प्रवेश

काठमाडौं ।

कतार एयरवेजले आफ्नो वेबसाइटमा आगन्तुकहरूको लागि नयाँ भर्चुअल रियालिटी (भीआर) अनुभव क्यूभर्स (QVerse) लन्च गरेर मेटाभर्समा प्रवेश गरेको घोषणा गरेको छ।

कतार एयरवेज वेबसाइट/क्यूभर्स वेबसाइटका प्रयोगकर्ताहरूले अब हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रिमियम चेक-इन क्षेत्र, एयरलाइनको विमानको क्याबिनको भित्री भाग, पुरस्कार विजेता बिजनेस क्लास -क्यूसुइट र इकोनोमी क्लास केबिनलगायत आफ्नै पर्सनल इलेक्ट्रोनिक डिभाइसहरू प्रयोग गरेर भर्चुअलरुपमा हेर्न सक्नेछन्।

कतारको राष्ट्रिय वाहकले डिजिटल अन्तरक्रियात्मक ग्राहक अनुभव प्रदान गर्ने मेटाह्युमन केबिन क्रू परिचय गर्ने पहिलो विश्वव्यापी एयरलाइन्स हो।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी, अकबर अल बकरले भने: “भौतिक सीमाहरूलाई मेटाभर्सले बढ्दो मात्रामा चुनौती दिन थालेपछि, सबै यात्रा उत्साहीहरूलाई एक अद्वितीय इमर्सिभको मजा लिन र हाम्रो पुरस्कार-विजेता उत्पादन र सेवाहरूको अनुभवलाई सक्षम बनाउने प्रविधिलाई अँगाल्न पाउनु रोमाञ्चक छ।”

विश्वको सबैभन्दा उन्नत वास्तविक समयको थ्रीडी निर्माण उपकरण र मेटाह्युमन क्रिएटर एपिक गेमको अनरियल इन्जिनको प्रयोग गरिएको छ। जसमा आधारित उच्च निष्ठा डिजिटल मानवहरू सिर्जना गर्न क्लाउड-आधारित एप प्रयोग गरेर यो अनुभव विकसित गरिएको थियो।

कतार एयरवेज मेटाह्युमन केबिन क्रू पेश गर्ने पहिलो ग्लोबल एयरलाइन भएको दाबी समेत गरिएको छ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार