
काठमाडौं ।
आफ्ना गाडीहरुको मूल्य बढाए पनि ग्राहकहरुको माग नघटेका कारण पहिलो त्रैमासमा टेस्लाको आम्दानी उल्लेख्य बढेको छ।
मूल्य बढे पनि बढेकै मूल्य तिर्न ग्राहकहरु राजी भएपछि टेस्लाको आम्दानी यो त्रैमासमा ३.३ अर्ब डलर पुगेको बीबीसीले उल्लेख गरेको छ।
टेस्लाका गाडीहरुको डेलिभरी उक्त अवधिमा ६८ प्रतिशतले बढेको र आपूर्ति श्रृङ्खलाको अभाव नभएको भए यो आँकडा अझ बढ्न सक्ने कम्पनीले जनाएको छ।
कोरोनाका कारण कम्पनीको शांघाई प्लान्ट पनि हालै बन्द भएको र त्यसपछि खुले पनि लकडाउनका कारण कर्मचारीहरु फ्याक्ट्रीमै सुत्न बाध्य भएका ब्लूमबर्गले लेखेको छ।
कम्पनीले पहिलो त्रैमासमा ३ लाख १० हजार थान कार बिक्री गरेको बताउँदै सीईओ मस्कले यो वर्ष गत वर्षको तुलनामा ६० प्रतिशत बढी कारहरु निर्माण गर्ने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार