डिशहोम फाइबरनेट सेवा तुलसीपुर, दाङ्गमा विस्तार

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार
डिशहोम फाइबरनेट सेवा तुलसीपुर, दाङ्गमा विस्तार

काठमाडौं ।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर , नेपालगञ्ज, धनगढीमा, सुर्खेत सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल तुलसीपुर, दाङ्गमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दैछ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्।

फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार