
काठमाडौं ।
भावनात्मक अभिव्यक्ति लामो समयदेखि मानिसलाई रोबोटलगायतका मेसिनबाट अलग गर्ने चीजहरू मध्ये एक हो, तर ‘निकोला’ नामको नयाँ ‘एन्ड्रोइड हेड’ले यसलाई परिवर्तन गर्ने लक्ष्य राखेको छ।
निकोला गार्डियन रोबोट प्रोजेक्टको एक हिस्सा हो, जसको उद्देश्य मनोविज्ञान, मस्तिष्क विज्ञान, संज्ञानात्मक विज्ञान र एआई अनुसन्धानलाई समावेश गरेर भविश्यमा मानिस, एआई र रोबोटहरू लचिलो रूपमा एकसाथ रहन सक्ने भावी समाज बनाउनु हो। अनुसन्धानलाई जापानी-सरकारी लगानी भएको अनुसन्धान संस्थान रिकेनद्वारा समर्थित छ।
टेक साइट सीनेटको रिपोर्टअनुसार हालसालै फ्रन्टियर्स इन साइकोलोजीमा प्रकाशित एक अध्ययनमा, शोधकर्ताहरूले निकोलाको अभिव्यक्त अनुहारको गतिबिधिहरू सिर्जना गर्नका साथै मनोवैज्ञानिक डाटाद्वारा सूचित र प्रमाणीकरण गर्ने दुवै तरिकाहरू वर्णन गरे। सो अध्ययनमा व्यक्त गरिएका भावनाहरू थिए: क्रोध, घृणा, डर, खुशी, उदासी र आश्चर्य।

“मानिसका लागि सामाजिक अन्तरक्रिया एकदमै महत्त्वपूर्ण छ,” परियोजनाका प्रमुख अन्वेषक वातारु सातोले भने, “हामीलाई लाग्छ कि त्यस्ता क्षमता भएका एन्ड्रोइडहरू अनुसन्धान र वास्तविक जीवन एपहरूमा धेरै महत्त्वपूर्ण हुनेछन्।”
त्यस्ता प्रविधिहरूको लागि एउटा सम्भावित एप एल्डरकेयरमा छ। केही अन्य अभिव्यक्त गर्न सक्ने रोबोटहरू जस्तै अन्तर्वार्ता दिदैं गरेको देख्नु अघि निकोलाले अझै लामो यात्रा गर्न बाँकी रहेको छ।
डा. सातोकाअनुसार अर्को चरणहरूमा निकोलाको अनुहारको अभिव्यक्ति सुधार गर्ने र बिस्तार गर्ने, यसलाई आवाज र शरीर दिने, र मल्टिमोडल अभिव्यक्तिका लागि सँगै काम गर्न सक्ने भावनात्मक अभिव्यक्ति भएका सबै विषयलाई त्यसमा इन्स्टल गर्ने कार्य समावेश छ।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार