
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ। बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो।
बैंकले आज बुधबार आफ्नो वार्षिकोत्सव मनाउँदैछ।
नागरिक एपमार्फत खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ। त्यसपछि स्क्रिनमा देखिएको क्यूआर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।
सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन्।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार