
काठमाडौं ।
चिनियाँ टेक कम्पनी बीओईले पनि रुसमा आफ्ना उत्पादनहरु बन्द गरेको छ।
केही समयअघि रुसमा आफ्ना सेवा तथा उत्पादन गर्ने चिनियाँ कम्पनी ह्वावेमात्र रहेकोमा अब भने बीओईले पनि ह्वावेकै पदचाप अंगालेको गिजचाइनाले उल्लेख गरेको छ।
केही समय अघिसम्म बीओईले आफ्ना उत्पादनलाई रुसमा निरन्तरता दिइरहेको छ कि भन्ने सन्देह चलिरहेकोमा कम्पनीले हालै लगानीकर्ता अन्तरक्रिया प्लेटफर्ममा हाल आफ्ना कुनै उत्पादन रुसका कुनै कम्पनीसँग कारोबार नभएको प्रस्ट पारेको हो।
आफूले विश्व बजारका उपभोक्तालाई आफ्ना उत्पादनहरु समयमै उपलब्ध गराइएको छ/छैन भन्ने पक्का गर्न मथिल्लो स्तरको कच्चापदार्थ आपूर्ति तथा तल्लो स्तरको टर्मिनल बजारमा आएको परिवर्तनलाई निरन्तर रुपमा निगरानी गर्ने बीओईले दावी गरेको छ।
रुस तथा यूक्रेनको अवस्थाको प्रगतिका बारेमा कम्पनीले कर्पोरेट जोखिम कम गर्न आफ्नो व्यावसायिक रणनीतिलाई लचिलो रुपमा समायोजना गर्ने बताएको छ।
रिपोर्टहरुका अनुसार बीओईले बङ्ग्याउन तथा फोल्ड वा रोल गर्न मिल्ने थुप्रै प्रकारका लचिला एमोलेड उत्पादनहरु डेभलप गरेको छ। कम्पनीले विश्वका अग्रणी कम्पनीहरुलाई लचिला एमोलेड उत्पादनहरु उपलब्ध गराएको गिजचाइनाले उल्लेख गरेको छ।
२०२१ को वित्तीय प्रतिवेदनहरुले बीओई ए को आम्दानी समायोजनपछि वार्षिक हिसाबले ६१.७९ प्रतिशतले वृद्धि भएर २१९.३१ अर्ब यूआन पुगेको देखाएका छन्।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार