
काठमाडौं ।
जब इन्स्टान्ट मेसेजिङहरूको विषय आउँछ, सबैको ध्यानमा आउने पहिलो नाम ह्वाट्सएप हो। लोकप्रियताको शीर्ष स्थानमा रहेको यो एपले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ-नयाँ सुविधाहरू ल्याइरहन्छ।
हालसालै, हामीले ‘कम्युनिटी’ सुविधा र ३२ व्यक्तिहरू बीच एक साथ भ्वाइस कल गर्ने सुविधाको बारेमा पढ्यौं। यी सुविधाहरू चाँडै लाइभ हुनेछन्। पछिल्लो अपडेट अनुसार ह्वाट्सएपले अर्को रोमाञ्चक सुविधामा काम गरिरहेको छ। आगामी दिनहरूमा, रे-ब्यान स्टोरीज स्मार्ट चश्मा प्रयोग गर्ने ह्वाट्सएप प्रयोगकर्ताहरूले आफ्ना औंलाहरूलाई दुख नदिईकन नै सन्देशहरू पठाउन सक्षम हुनेछन्।
वास्तवमा, ह्वाट्सएपमा अझै कुनै भ्वाइस असिस्टेन्ट एकीकृत भएको छैन। गुगल असिस्टेन्टको मद्दतले ह्वाट्सएपमार्फत कुनै सन्देश पठाउन सकिँदैन। रिपोर्टका अनुसार ह्वाट्सएपको स्वामित्व लिएको कम्पनी मेटाले यसको समाधान खोजिरहेको छ। गुगल असिस्टेन्टको सट्टा फेसबुक असिस्टेन्ट मार्फत सम्भव बनाउने तयारी भइरहेको छ।
एक्सडीए डेभलपमेन्टले आफ्नो रिपोर्टमा बताएअनुसार ह्वाट्सएपले एक फीचरमा काम गरिरहेको हुन सक्छ जसले प्रयोगकर्ताहरूलाई फेसबुक असिस्टेन्टमार्फत आफ्नो रे-ब्यान स्टोरीज स्मार्ट ग्लासमा सन्देशहरू पठाउन अनुमति दिन्छ। रे-ब्यान स्टोरीज स्मार्ट ग्लास प्रयोगकर्ताहरूले त्यसपछि आफ्नो चश्मालाई फोनमा व्हाट्सएपसँग लिंक गर्न र फोन आफ्नो खल्तीबाट बाहिर ननिकालिकन नै सन्देशहरू पठाउन सक्षम हुनेछन्।
यहाँ फेसबुक असिस्टेन्ट र रे–ब्यान स्मार्ट ग्लासबाट सबै काम सम्पन्न हुनेछन्। अर्थात्, यो सुविधाले रे-ब्यान स्टोरीज प्रयोगकर्ताहरूलाई स्मार्ट चश्मामा माइक्रोफोन मार्फत सन्देशहरू पठाउन अनुमति दिनेछ। प्रयोगकर्ताहरूले फोन नछोइकन ह्वाट्सएपमा आफ्ना साथीहरूलाई सन्देश पठाउन सक्षम हुनेछन्।
फेसबुक असिस्टेन्ट र रे-ब्यान स्मार्ट चश्मामार्फत सन्देश पठाउँदा पनि प्रयोगकर्ताहरूले एन्ड-टु-एन्ड इन्क्रिप्सन पाउनेछन्। अर्थात्, सन्देश दुई व्यक्तिको बीचमा मात्र रहनेछ, तेस्रोले पहुँच गर्न सक्षम हुनेछैन।
यो फिचर कहिले लन्च हुने हो अझै स्पष्ट भइसकेको छैन । तर एउटा कुरा निश्चित छ। यो सुविधाले रे-ब्यान स्टोरीज स्मार्ट चश्मा भएका र व्हाट्सएप प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई मात्र फाइदा पुर्याउनेछ।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार