
काठमाडौं ।
ताइवानी सेमिकन्डक्टर चिप निर्माता टीएसमएमसीले ऋणपत्रमार्फत् साढे ३ अर्ब डलर संकलन गर्ने भएको छ।
कम्पनीले अमेरिकाको एरिजोना राज्यमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्न उक्त रकम बराबरको ऋणपत्र निस्कासन गर्ने भएको रोयटर्सले जनाएको छ।
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसी एप्पल इंकको मुख्य आपूर्तिकर्ता हुनुका साथै विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता कम्पनी पनि हो।
टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा गत वर्ष नै उत्पादन प्लान्ट निर्माण गर्न शुरु गरेको थियो। उक्त कम्प्युटर चिप प्लान्टका लागि कम्पनीले १२ अर्ब डलर खर्च गर्ने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार