
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) कि पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको ह्याक भएको ट्विटर एकाउन्ट फिर्ता आएको छ।
उनले आज ह्याक भएको आफ्नो ट्विटर एकाउन्ट फिर्ता भएको ट्विटरबाट नै जानकारी दिएकी हुन् । यसका साथै उनले आफ्नो प्रोफाइल तस्बिर समेत परिवर्तन गरेको देखिन्छ।
“अन्ततः मेरो ट्विटर फिर्ता पाएको छु। ट्विटर सपोर्ट र सबैलाई धन्यवाद,” एकाउन्ट फिर्ता गर्न सफल भएपछि उनले ट्वीटमा लेखेकी छिन्।
करिब १ महिनामा घिमिरेको ट्विटर एकाउन्ट फिर्ता भएको हो।
I finally got my Twitter back. Thanks twitter support and everyone !
— Bhawana Ghimire (@BhawanaCAN) April 19, 2022
यसअघि घिमिरेले चैतमा आफ्नो ट्विटर एकाउन्ट ह्याक भएको र सो बारेमा उजुरी गरेको जानकारी दिएकी थिईन्। उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको र आफ्नो टिमले समेत त्यसमा काम गरिरहेको बताएकि थिईन्।
ह्याकरले त्यसबेला नन फन्जिबल टोकन(एनएफटी)को प्रचार गरिरहेको थियो। सो ह्याक गरिएको एकाउन्टलाई चर्चित एनएफटी बोर्ड एप याच क्लब र युगाल्याबको आर्ट इन्भेस्टर तथा को-फाउण्डरको रुपमा उल्लेख गरिएको थियो।
सम्बन्धित समाचार-
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार