१० डाउनिङ स्ट्रीटको नेटवर्कमा पेगासस स्पाइवेयर थिएन: एनएसओ ग्रुप

  • Technology Khabar | ६ बैशाख २०७९, मंगलवार
१० डाउनिङ स्ट्रीटको नेटवर्कमा पेगासस स्पाइवेयर थिएन: एनएसओ ग्रुप

काठमाडौं ।

बेलायतको डाउनिङ स्ट्रीट तथा विदेश मन्त्रालयका कम्प्युटर सिस्टममा स्पाइवेयर हमला भएको क्यानडमा रहेको एउटा अनुसन्धान समूहले जनाएको छ।

सिटिजन ल्याब नामको उक्त समूहले स्थानीय अधिकारीहरुलाई सन् २०२० र २०२१ मा यूएईमा रहेका अपरेटरहरुसँग जोडिएका डाउनिङ स्ट्रीटमा रहेका नेटवर्कमा पेगासस स्पाइवेयर हमला भएको पाइएको जानकारी दिएको हो।

पेगासस इजराइलको एनएसओ ग्रुपले विश्वका विभिन्न सरकारहरुलाई निगरानीका लागि बिक्री गर्ने स्पाइवेयर हो।

तर यस सम्बन्धमा आएका आरोपहरुलाई भने एनएसओले झूट र हुनै नसक्ने भन्दै अस्विकार गरेको रोयटर्सले उल्लेख गरेको छ।

विद्युतीय निगरानी ट्र्याक गर्ने द सिटिजन ल्याबले आफूले सन् २०२० र २०२१ मा बेलायत सरकारलाई १० डाउनिङ स्ट्रीट तथा फरेन एन्ड कमनवेल्थ अफिसमा रहेका नेटवर्कहरुमा पेगासस सफ्टवेयर राखिएको जानकारी दिएको बताएको हो।

पेगाससले सरकारहरुलाई नागरिकका फोनहरुमा स्पाइवेयर सफ्टवेयर इन्स्टल गरेर नियन्त्रणमा लिई डाटा लिन र निगरानी बढाउन मद्दत गर्दछ।

एनएसओ ग्रुपले आफूले निश्चित कानून पालना गराउन तथा अपराधी र आतंकवादीहरुको जासूसीका लागि वैध रुपमा सरकारहरुलाई मात्रै उपलब्ध गराउने भन्दै सधैं यस्ता अफवाहहरुलाई अस्विकार गर्दै आएको छ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार