विद्युतीय भुक्तानी झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै भुक्तानी गर्न आग्रह

  • Technology Khabar | ४ बैशाख २०७९, आईतवार
विद्युतीय भुक्तानी झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै भुक्तानी गर्न आग्रह

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिसा शुल्क बुझाउन विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि पाईने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन ई बैंकिङ्गमा समस्या भएको दाबी गर्दै सजिलोका लागि कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो।

यसको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सार्वजनिक सूचना मार्फत नै २०० डलर नगद बोकेर आउन भनेको हो।

सफ्ट्वेयरले काम नगर्दा र विमानस्थलमा एउटा मात्र एटीएम मेशिन हुँदा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको कार्यालयको भनाई छ। जसमा भिसाकार्ड मास्टर कार्डलगायतबाट समेत भुक्तानी गर्न कठिन भएको दाबी गरिएको छ।

अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार