भारतीय शहर मुम्बईमा मेट्रो रेलको टिकट अब ह्वाट्सएपबाटै पाईने

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
भारतीय शहर मुम्बईमा मेट्रो रेलको टिकट अब ह्वाट्सएपबाटै पाईने

काठमाडौं ।

छिमेकी देश भारतका मुम्बई शहरका बासिन्दाहरुले अब ह्वाट्सएपबाटै मेट्रोको टिकट लिन सक्ने भएका छन्। मुम्बई मेट्रोमा यात्रा गर्नेहरूले टिकटको लागि धेरै कुर्नु पर्दैन।

मुम्बई मेट्रो वन प्राइभेट लिमिटेडले जसले मुम्बईको वर्सोवा-अन्धेरी-घाटकोपर मार्गमा मेट्रो सेवा सञ्चालन गर्दछ, बिहीबारदेखि ‘ह्वाट्सएपमा ई-टिकिङ्ग’ सुविधा सुरु गरेको भारतीय मिडियाहरुले रिपोर्टमा उल्लेख गरेका छन्।

कम्पनीले एउटा विज्ञप्तिमा मुम्बई मेट्रो वन मेसेजिङ एप व्हाट्सएपमा ई-टिकटहरू प्रस्ताव गर्ने विश्वको पहिलो एमआरटीएस (मास र्यापिड ट्रान्जिट प्रणाली) भएको दाबी गरेको छ।

साथै, मुम्बई मेट्रो वन प्राइभेट लिमिटेडले यो टिकट काउन्टरमार्फत हाल उपलब्ध रहेको ‘पेपर क्यूआर टिकट’ को विस्तारित स्वरुप भएको बताएको छ।

यो सुविधा प्रयोग गर्न भारतमा यात्रुले ९६७००८८८९ नम्बरमा ‘हाइ’ लेखेर सन्देश पठाउनुपर्नेछ। २०१४ देखि चलिरहेको यो मेट्रो सेवा, वर्सोवा-अन्धेरी-घाटकोपर मुम्बईको पहिलो मेट्रो मार्ग हो। मुम्बई मेट्रो वनमा दैनिक २ लाख ६० हजार मानिस यात्रा गर्छन्। यससँगै, मुम्बई मेट्रो वन प्राइभेट लिमिटेडले पनि बैंक कम्बो कार्ड, मोबाइल क्यूआर टिकट र लोयल्टी कार्यक्रमहरू जस्ता धेरै प्राविधिक माध्यमहरू अपनाएको दाबी गरेको छ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार