एमआईटी इन्जिनीयरहरुद्वारा इमर्जेन्सी स्ट्रोक सर्जरीमा सघाउने रोबोटिक पाखुरा निर्माण

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
एमआईटी इन्जिनीयरहरुद्वारा इमर्जेन्सी स्ट्रोक सर्जरीमा सघाउने रोबोटिक पाखुरा निर्माण

काठमाडौं ।

एमआईटीका इन्जिनीयरहरुले आकस्मिक स्ट्रोक सर्जरीमा सघाउने रोबोट निर्माण गरेका छन्।

स्ट्रोक वा हृदयाघातका बिरामीहरुको इन्डोभास्कुलर उपचारका लागस एमआईटीका इन्जिनियरहरुले सर्जनहरुले प्रयोग गर्न सक्ने टेलिरोबोटिक सिस्टम बनाउँदै आएका छन्।

उक्त टोललीले साइन्स रोबोटिक्स नामक जर्नलमा प्रकाशित प्रतिवेदनमा डक्टरहरुले स्ट्रोकका बिरामीहरुको उपचार गर्दा जोयस्टिकका माध्यमबाट परबाटै चलाउन मिल्ने रोबोटिक उपकरण प्रस्तुत गरेका हुन्।

पाखुरा आकारको उक्त उपकरणको नाडीमा चुम्बक जोडिएको छ भने सर्जनहरुले यो नाडीलाई चुम्बकीय तारलाई दिमागमा जमेको रगत हटाउन बिरामीको नशाभित्रबाट आवश्यक ठाउँमा पुर्याउनका लागि प्रयोग गर्न सक्ने इन्ग्याजेटले जनाएको छ।

भौतिक रुपमै उपस्थित भएर उपचारको प्रक्रिया गरे झैं डाक्टरहरुले लाइभ इमेजिङको आधारमा उक्त जमेको रगत हटाउँछन्। यसबाट डाक्टरहरुले ती बिरामीलाई कतै अन्तबाट नै उपचार गर्न सक्दछन्।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...