फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त

काठमाडौं ।

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त भएका छन्।

फेस्ट कम्पनी विशेषत शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुको लागि निरन्तर काम गरिरहेको छ । त्यसका लागि डिजिटल बोर्ड नामक प्रडक्ट बनाएर सातै प्रदेशमा काम गरिरहेको छ।

फेस्ट डिजिटल बोर्ड स्कुल, कलेज, क्याम्पस र विभिन्न विश्वविद्यालयहरुको लागि  अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्थरको शैक्षिक प्रवर्धन सुचना प्रणाली तथा गुणस्तरीय एकिकृत शैक्षिक व्यवस्थापन प्रणाली वेब एप्लीकेशन, डेस्टप र मोबाइल एप्लीकेशन हो ।

नवनियुक्त ई.भट्टलाई फेस्ट कम्पनिका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारी र सिईओ ई. विक्कि महले  स्वागत गरेका छन् । ई. भट्टसँग एनसीआईटी, निष्ट, स्वस्तिक कलेज, धनगढी इन्जिनियरिङ कलजे, भ्याली भ्यु कलेज लगायतका कलेजमा अध्यापन गताएको अनुभव छ।

उनले लामो समयदेखि अध्यापन सँगसँगै विभिन्न आईटी कम्पनीमा पनि आवद्ध भएर अनुसन्धानमा काम गरिसकेका छन् ।

आगामी दिन थप अगाढी बढ्नुको लागि फेस्ट कम्पनिले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु, कृत्रिम बौद्धिकता, अनुसन्धान, अविष्कार, नवचारमा मा रहेर प्रोग्रामहरु गर्ने,  स्टाफहरुलाई तालिम, शिक्षण सिकाई सम्बन्धित कार्यक्रमहरु, विभिन्न कार्यशाला, विभिन्न स्कुल कलेजहरुमा विभिन्न विज्ञान र प्रविधि सम्बन्धि तालिम, टेक्नीकल सर्पोट, हार्डवयर सम्बन्धित तालिम अन्य लगायतका विभिन्न व्यावसायिक तालिम लगायत विभिन्न प्रोग्रामहरु सञ्चालन हुने फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बता।

फ्युचर फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले लकडाउन निशुल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने कोभिडको बेला अनलाइन मार्फत सयौँ जनालाई निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाएको थियो ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटि सम्बधी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्थागर्ने काम पनि गरिरहेको छ।

फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्ट कम्पनिका संस्थापक तथा सिइओ विक्कि महतले जानकारी दिए।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • २ बैशाख २०७९, शुक्रबार