आईकू जेड६ प्रो फाइभजी अप्रिल २७ मा सार्वजनिक हुँदै

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
आईकू जेड६ प्रो फाइभजी अप्रिल २७ मा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोको सहायक ब्राण्ड आईकूले आफ्नो जेड६ प्रो फाइभजी स्मार्टफोन भारतमा आगामी अप्रिल २७ मा सार्वजनिक गर्ने भएको छ।

अघिल्लो महिना टिजर आएको यो डिभाइसको सार्वजनिक हुने आधिकारिक मिति कम्पनीले आफ्नो ट्विटर एकाउन्टमा उक्त जानकारी पोस्ट गरेको हो।

स्न्यापड्रागन ७७८जी चिपसेटयुक्त उक्त डिभाइस आगामी अप्रिल २७ मा भारतमा सार्वजनिक हुने उक्त पोस्टबाट प्रस्ट भएको हो।

कम्पनीले यो फोनलाई २५ हजार रुपैयाँ सेगमेन्टको भारतकै सबैभन्दा फास्ट फाइभजी स्मार्टफोन भएको प्रचार गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो डिभाइसको धेरै विवरण बाहिर आइनसके पनि ६६ वार्ट फ्ल्याशचार्ज सपोर्ट रहने बताइएको छ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार