
काठमाडौं ।
अमेजनले आफ्नो किड्स+ सेवामा मोबाइल गेम पनि समावेश गर्ने भएको छ।
कम्पनीले बालबालिकाका लागि रहेको आफ्नो सब्स्क्रिप्शनमा आधारित इन्टरटेन्मेन्ट प्लेटफर्म अमेजन किड्स+ मा दुई ओटा मोबाइल गेम थपेको छ।
प्रति महिना २.९९ डलरको उक्त सेवामा बालबालिका मैत्री पुस्तक, टीभी शो, चलचित्र, गेम लगायतका सामग्रीहरु उपलब्ध हुन्छन्।
कम्पनीले हाल थपेका दुई गेममा पकेट डट वाच टीभी शो र्यान्स वर्ल्डमा आधारित सुपर स्पाइ र्यान एउटा मल्टिप्लेयर गेम हो।
यो गुगल प्ले तथा एप्पल एप स्टोरमा अमेरिका, बेलायत तथा आयरल्याण्डमा उपलब्ध रहेको छ।
यो गेम क्यानडा, जर्मनी र जापानमा केही समयपछि उपलब्ध हुने इन्ग्याजेटले जनाएको छ।
यस्तै अर्को गेम डो, रे एन्ड मी हो जुन पूर्व विद्यालयका बालबालिकाका लागि डिजाइन गरिएको एउटा सांगीतिक शिक्षामा आधारित गेम हो।
बालबालिकाले यी दुवै गेम मोबाइल फोन वा अमेजन फायर ट्याब्लेटमा खेल्न सक्छन्।
प्रकाशित: ३ बैशाख २०७९, शनिबार