आठ महिनामा भित्रिए ३१ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
आठ महिनामा भित्रिए ३१ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन
सांकेतिक तस्बिर

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन्।

यो आँकडा अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबर थियो।  यसरी हेर्दा १ महिनाको अवधिमा अर्ब ६० करोड ४३ लाख ९४ हजार रुपैयाँ बराबरका मोबाइल फोन थपिएका देखिन्छ।

यो आँकडा बार फोन तथा स्मार्टफोन लगायत सेलुलर प्रविधिमा आधारित मोबाइल डिभाइसहरुको समग्र आँकडा हो।

मानिसहरुका लागि कोरोना महामारीका बेला सूचना र सञ्चार तथा लेखपढ र कामसम्मको सहयोगीका रुपमा चिनिएको मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको देखिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्मको आँकडा अनुसार नेपालमा  उक्त रकम बराबरको ४२ लाख ५९ हजार ९०९ ओटा विभिन्न खालका मोबाइल फोन भित्रिएका पाइएको हो।

सबैभन्दा बढी चीनबाट

यीमध्ये सबैभन्दा बढी १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ३२ लाख ६७ हजार ४५२ ओटा मोबाइल फोन चीनबाट आयात पाइएको छ।

यसपछि भारतबाट ११ अर्ब, १६ करोड ६८ लाख २४ हजार बराबरको ८ लाख ७ हजार ८८४ थान, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार बराबरको १ लाख ६३ हजार ६५९ थान, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको ११ हजार ५१५ तथा अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार बराबरको २ हजार २०६ थान मोबाइल फोन आयात भएका प्रतिवेदनले देखाएको छ।

यस्तो छ ८ महिनामा आयात भएका मोबाइल फोनको आँकडा:

देशसङ्ख्यारकमदेशसङ्ख्यारकम
चीन३२, ६७, ४५२१८, २३, २४, १००००अस्ट्रेलिया५६२३, ७६, ४०, ०००
भारत८, ०७, ८८७११, १६, ६८, २४, ०००द कोरिया३६२१, ३६, ११, ०००
भियतनाम१, ६३, ६५९१, ००, १५, ८७, ०००कतार२५४२, ७५, ९४, ०००
बंगलादेश११, ५१५१०, ०३, १६, ०००बेलायत१२९१,०४,८८,०००
यूएई१, ६७५१९, ५५, ६४, ०००मलेसिया११५२५, ४५, ०००
अमेरिका२, २०६१०, ५०, ९८, ०००कोकोस आइल्याण्ड्स५०४, ५०, ०००
हङकङ९८९३, ९६, ३१, ०००साउदी अरेबिया४५४१, ५९, ०००
कुवेत२, ०७३३५, ५७, ०००क्यानडा३९२०, ७३, ०००
जापान७८४४, २४, ३०, ०००सिंगापुर३८२७, ८०, ०००

यसबाहेक अन्य केही देशबाट १ लाख ६१ हजार देखि १ हजार रुपैयाँसम्मका २१ देखि १ थानसम्म परिमाणका मोबाइल फोन आयात भएका देखिन्छ।

पछिल्लो समय सरकारले विभिन्न विलासी वस्तु आयातमा कडाई गरेको छ।  यसैगरी गत हप्ता नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले मोबाइल, गाडी, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युमलगायत सामाग्री आयातका लागि (एलसी) नखोल्ने अनौपचारिक सहमति गरेका हुन्।

यी सबै सामान विलासिता शीर्षकमा आएका र नेपाल राष्ट्र बैंकसँग भएको छलफलको आधारमा अत्यावश्यक बाहेकका सामग्रीका लागि एलसी नखोल्न भनिएअनुसार नै उक्त सहमति गरिएको बैंकर्स संघले जनाएको छ।

सम्बन्धित समाचार

मोबाइल आयातको एलसी मा कडाई गर्ने बैंकहरुको निर्णय, अवैध आयात मौलाउने व्यवसायीको आशंका

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...