रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक

काठमाडौं ।

विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ।

माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेको उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरुको मन जित्नेछ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि९६ द्वारा संचालित नार्जो ५० ले दुई कोर्टेक्स–ए७६ कोर र छ वटा कोर्टेक्स–ए५५ कोरको २.० गिगाहर्ज का साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ। यो १८० हर्जको टच स्याम्पलिङ्ग दरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ।

यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक र्याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी र्याम सम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ। ५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ।

यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रो लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न र बी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ।

रियलमी नार्जो ५० मा रेसिङ कारहरुबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिमि मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ । यो फोन दुई भिन्न आकर्षक रङ्गहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध छ र दुई स्टोरेज भेरियन्टहरु ४+६४ जिबी मूल्य रु. २२,९९९/- र ६+१२८ जिबी मूल्य रु. २६,४९९/– मा उपलब्ध छ।

रियलमी नार्जो ५० का मूख्य विशेषताहरु:

मिडियाटेक हेलियो जि९६ प्रोसेसर:

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली गेमिङ प्रोसेसर हेलियो जि९६ सहित उपलब्ध छ, जसले पछिल्लो (जी९५) को तुलनामा ४२% कार्यसम्पादन वृद्धि देखाउँछ । नवीन हेलियो जि९६ ले दुई कोर्टेक्स–ए७६ कोर र छ वटा कोर्टेक्स–ए५५ कोर २०५ गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन देखाउँछ।

सेग्मेन्टमा उच्च रिफ्रेस दर डिस्प्लेः

विश्वभरका युवा गेमरहरुलाई सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले १८० हर्ज टच स्याम्पलिङ्ग दर र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ ईन्चको डिस्प्ले अपनाएको छ। यो उच्च रिफ्रेस दरले ब्याट्री बचतको लागि रिफ्रेस दर समायोजनको ६ स्तरहरुलाई समर्थन गर्छ र उल्लेखनीय रुपमा राम्रो अनुभव प्रदान गर्न एनिमेसन, स्क्रोलिङ र खेलहरुमा ब्लर कटौती गर्छ । यसमा ९०.८% स्क्रिन टु बडी रेसियो छ।

३३ वाट डार्ट चार्ज र ५००० एमएएच म्यासिभ ब्याट्रीः

रियलमी नार्जो ५० मा ५००० एमएएच मेगा ब्याट्री रहेको छ जसको साथमा चाहेको बेला नन–स्टप प्रयोगको मज्जा लिन सकिन्छ। नार्जो ५० ले ब्याट्रीलाई अझ बढी टिकाउको लागि ५००० एमएएच् ब्याट्री का साथ विभिन्न सफ्टवेयर प्रयोग गरेको छ। सुपर पावर सेभ मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ र स्लीप अप्टिमाइजेसन/एप फ्रिजर र स्क्रिन अप्टिमाइजेसन सधैँ त्यहाँ स्ट्यान्डबाइमा हुन्छ। भिसीभीटी इन्टेलिजेन्ट ट्युनिङ एलगोरिदम, भीएफसी ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदम र इन्टेलिजेन्ट फाइभ कोर प्रोटेक्सन विशेषताका साथ नार्जो ५० को नयाँ ३३ वाट डार्ट चार्ज छिटो र सुरक्षित छ। यसले फोनलाई ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ।

क्यामरा:

रियलमी नार्जो ५० मा ‘५० एमपी’ एआई त्रिपल क्यामेराका साथ उपलब्ध छ । यसले f/1.8 एपर्चरको साथ ५० एमपी ईमेज सेन्सर प्राइमरी क्यामेरा पनि अपनाएको छ, जसले तस्बिरहरुलाई स्पष्ट र उज्यालो बनाउँछ । साथै, फोर एक्स म्याक्स डिजिटल जुमले प्रयोगकर्ताहरुलाई लामो दूरीबाट स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ। रियलमी नार्जो ५० मा सुपर क्लोज फोकस दूरीको साथ म्याक्रो लेन्स पनि उपलब्ध छ।

यसले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रो फोटो खिच्न र माइक्रो वर्ल्डको आकर्षण अन्वेषण गर्न सशक्त बनाउँछ। बी एण्ड डब्लु लेन्सले पोट्र्रेटहमा कलात्मक अनुभव प्रदान गर्दछ, जसले कालो र सेतोमा पुनः उत्पादन गर्दै उच्च एक्सपोजर प्रदान गर्दछ र प्रकाश र गाढा ईमेज बीचको भिन्नता बढाउँछ। मास्टर पोट्रेट कार्यहरुको बनावटलाई समायोजन गरी फोटोहरु रेट्रो फिल्म शैलीमा ट्युन गर्न सकिन्छ र अन्तिम पोट्रेट शटमा बनावट थप्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार