दुई वर्षको वृद्धिपछि पर्सनल कम्प्युटरको शिपमेन्ट ओरालोतर्फ

Technology Khabar २९ चैत्र २०७८, मंगलवार

काठमाडौं ।

पर्सनल कम्प्युटरको माग यो वर्ष ओरालो लागेको छ।

इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीले हालै प्रकाशन गरेको पहिलो त्रैमासको विश्व बजारमा पर्सनल कम्प्युटरको अध्ययन प्रतिवेदनमा उक्त आँकडा प्रस्तुत गरिएको छ।

पर्सनल कम्प्युटरको माग र शिपमेन्ट पछिल्ला दुई वर्ष निकै उच्च भए पनि हाल आएर ओरालो लागेको प्रतिवेदनलाई उद्धृत गर्दै गिजचाइनाले लेखेको छ।

यसअघिका त्रैमासहरुमा कोरोना महामारीका कारण विश्वभरका मानिसहरुलाई पढाइलेखाइ तथा काम गर्नका लागि कम्प्युटर लगायतका डिभाइस आवश्यक परेका कारण यस्ता वस्तुहरुको माग र शिपमेन्ट बढेको आकलन गरिएको छ।

तर हाल आएर भने बजार केही खुम्चिएको र त्यसमाथि इलेक्ट्रोनिक पार्टपुर्जाको अभावले उद्योगमै नकारात्मक प्रभाव पारेको समाचारमा उल्लेख छ।

विगत दुई वर्ष दुई अंकको बढोत्तरी रहेको पर्सनल कम्प्युटर बजार यो वर्षको पहिलो त्रैमासमा यसरी खुम्चिनु उद्योग नै अधोगतिमा गएको नभई गतिमा परिवर्तन मात्र भएको गिजचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया