स्मार्टच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानीको लागी सम्झौता

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
स्मार्टच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानीको लागी सम्झौता

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माइपे वालेट) वीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्छन भने माई पेमार्फत बिभिन्न व्यापार-व्यवसायमा आवद्व व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन्।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको भनाई छ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...