चिनियाँ गेम इन्जिन कोकोसले उठायो ५ करोड डलर, गेमबाहेका काम पनि गर्ने

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
चिनियाँ गेम इन्जिन कोकोसले उठायो ५ करोड डलर, गेमबाहेका काम पनि गर्ने

काठमाडौं ।

चीनको गेम इन्जिन प्रोभाइडर कम्पनी कोकोस टेक्नोलोजिजले ५ करोड डलर संकलन गरेको छ।

सन् २०१० देखि गेम इन्जिन प्रोभाइडरका रुपमा काम गर्दै आएको कोकोसले गेमको डेभलपमेन्ट तथा गेमभन्दा बाहेकका नयाँ परियोजना शुरु गर्ने उद्देश्यले सिरिज बी फन्डिङ राउन्ड अन्तर्गत उक्त परिमाणको रकम संकलन गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

उक्त रकमको लगानीकर्तामा चाइना कन्स्ट्रक्शन बैंकको सहायक कम्पनी सीसीबी ट्रस्ट, जीजीभी क्यापिटल तथा रियल-टाइम कम्युनिकेशन सोलुशन प्रोभाइडर अगोरा लगायतका रहेका छन्।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार