एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने

काठमाडौं ।

नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ।

नेपालमा रुपे कार्डको सुरुवात केहि दिनअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्तरूपमा गरिएको हो।

रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो। नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्ने विश्वास गरिएको छ।

यसले नेपालमा भारतीय मुद्रा प्रवाह बढाउन मद्दत गर्ने बताईएको छ। हाल नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड हो।

हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंकको पिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ। नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिने बताईएको छ।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...